बडिगाडमा जीप दुर्घटना हुँदा १ बालिका सहित २ जनाको मृत्यु

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर ८ २០७७

जिल्लाको बडिगाड गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा डेढबर्षिया बालिकासहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा जीपमा सवार बडिगाड गाउँपालिका–४ की अन्दाजी २३ बर्षिया टेकमायाँ राना र उनकी छोरी छायाँ रानाको मृत्यु भएको वडा अध्यक्ष मौसम काजी क्षेत्रीले बताए । बडिगाड–६ सुडखुडीबाट पालिका मुकाम खौलारा बजार आउँदै गरेको लु१ज ४३७० नम्बरको जिप सडकबाट खसेको हो । सडकमा रोकी राखेको जीप एक्कासि गुडेपछि सडकबाट झण्डै सातसय मिटर तल खसेको छ । सोही जीपमा सवार गौमती रोका गम्भिर घाईते छन् । उनलाई उपचारका लागि वडिगाड पोली क्लिनिकमा पु¥याईएको छ । सडकमै जीप रोकेर स्थानीयको सामान लिँदै गर्दा जिप एक्ककासी सडकबाट खसेको चालक रविलाल बुढाले बताए । ग्वालिचौर प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुग्दै छ । घटनास्थल पुगेका वडिगाड गाउँपालिका वडा नं। ७ का अध्यक्ष कृष्ण गुरुङले घाईतेको अवस्था समेत गम्भिर रहेको बताए ।