मंगलबार राती चार जना जुवाडे पक्राउ

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, मंसिर ३ २០७७

जुवा तास खेलिरहेको अवस्थामा सदरमुकाम बागलुङ बजारबाट प्रहरीले मंगलबार राती चार जना जसवाडे पक्राउ गरेको छ । बागलुङ नगरपालिका–३ गुठिमा रहेको अमिना गेष्टहाउसमा जुवा तास खेरिरहेको अवस्थामा चार जना जुवाडे नगदसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही ठाउँबस्ने रञ्जन श्रेष्ठ, हरी शर्मा, राजेश खड्का र हिरा थापा रहेका छन् । उनीहरुको साथबाट ९० हजार ४ सय ७५ रुपैयाँ नगद समेत बरामद भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।