बागलुङ जैमिनीमा आगलागी हुँदा एक घरगोठ जलेर नष्ट

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, मंसिर १ २០७७

बागलुङको जैमिनी नगरपालिका, ९ पैञ्युथन्थापमा आईतवार (हिजो) साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैञ्युथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मन बहादुर नेपालीको गोठ जलेको हो । ढुंगा माटोले बनेका कच्चि घर गोठ जलेका हुन् ।
ललिताको घरमा विद्युत सट भएर लागेको आगोले छेवैमा रहेको गोठ समेत समातेको स्थानीयले बताए । आगलागीबाट घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेका छन् । केही नगद र गरगहना समेत जलेको पीडित सर्कीनीले बताइन् ।
साँझको समयमा घरमा आगलागी भएका घरमा बस्नेहरुले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । स्थानियहरुको सक्रियतामा आगो नियन्त्रणमा लिईएको थियो । गोठमा रहेका पशु चौपायको समेत दाम्लो काटेर जोगाईएको स्थानीय बबिन शर्माले बताए । उनका अनुसार घरगोठ जल्दा झण्डै दश लाख रुपैयाँको क्षति भएको छ ।