धौलागिरी एफएम र मेरो अनुभुती

१६ औं बार्षिकोत्सव
कोपीला कँडेल / प्रकाशित मिति :
शुक्रबार, कार्तिक २८ २០७७

एक दशक बढिको मेरो पत्रकारिता जिवनमा केही संचार माध्यममा काम गर्ने अवसर मिल्यो । शुरुमा रहरले पत्रकारिता गरेपनि आखिर समस्या साँंझ बिहान हातमुख जोर्ने सवालसंग जोडिएको हुन्छ । छापा संचार माध्यमबाट पत्रकारिता शुरु गरेकी म सरकारी एबं इलेक्ट्रोनिक र अनलाईन मिडिया हुदै हाल धौलागिरी एफएममा प्रवेश गरेकी छु । यसअघि करिब ६ बर्ष यहिको अर्को स्थानिय एफएममा काम गरेकाले धौलागिरी एफएममा स्थानमा प्रवेस पाउन भने कुनै कठिाई भएन ।
हुनत म यहाँ प्रवेश गरेको मात्र आठ महिना लागेको छ । यसअघि आवद्ध पत्रकारिता शुरु गरेर केही समयमै आफु आबद्ध संचारमाध्यम चटक्कै छोडेर अर्को पेशा किन अंगाल्दारहेछन् अधिकाशंले भन्ने कुराको पनि मलाई राम्रै अनुभव पाँए । बिहान देखी राति सम्म समाचार संकलन सम्पादन र बाचन सम्म करिब एक्लै खटिने म छ सात महिना सम्म तलब नपाउँदाको पिडां र अभावको कुरै नगरौ । हुनत म आर्थिक रुपमा ठुलो सपना देखेर संचारमाध्यममा होमिएकी पनि होईन । आफ्ना ईच्छा र चाहनाहरु अत्यन्त साँघुरा भएकोले पनि हाल सम्म टिकिएको हो भन्ने पनि लाग्छ । यद्यपी ब्यवस्थापन पक्ष अत्यन्त कमजोर र फितलो भएकोले आफ्नो महत्वपुर्ण समय खर्चेको रेडियो छटक्कै छोड्न बाध्य भएपछि मात्र धौलागिरी एफएममा प्रवेस गर्ने अवसर जुटेको हो ।
हुनत मैले धौलागिरी एफएममा प्रवेस पाएको मात्र आठ महिना भयो । जब म यहाँं आए तब कोरोनाको महामारीनै शुरु भयो । कोरोना कहरका बिच काम गर्ने अवसर जुट्यो । कोरोना महामारीले सृजना गरेको अभाव र तनाबका बिच रेडियो धान्ने बाध्यताका बिच हामी छौ नै । आम श्रोताको मन जित्न सफल धौलागिरी एफएममा स्थान पाउनुनै मेरा लागि गौरबको बिषय हो । यहाँका उद्योगी ब्यपारी सरकारी तथा निजी सघंसंस्थाले महत्वपुर्ण सुचना तथा बिज्ञापन प्रसारणका लागि समेत धौलागिरी एफएमनै रोज्ने गरेको मैले पाए । अतं यो एफएम श्रोताको मात्र नभएर बिज्ञापन दाताको समेत रोजाईमा पर्नेेछ । आम नागरिकको मन जित्न सफल भएको यस एफएम धौलागिरीको पहिलो भएर मात्र होईन यसले उत्कृष्ट संचार सामग्री पस्कीने भएकाले हो भन्ने कुरा सहज अनुमान गर्न सकिन्छ ।
आफुले पस्कीने सामग्री उत्कृष्ट र प्रभावकारी छन् भने पछि आउनेहरुले पनि सहज रुपमा उछिनेर अगाडी जान सक्छन् । यहाँको ब्यवस्थापन पक्ष अत्यन्त बलियो छ । हरेक काम सिस्टममा छल्छन् । यसअघि काम गरेको संचारमाध्यममा कुनै बेला समाचार प्रसारणनै नहुदा पनि ब्यवस्थापन पक्ष बाट कुनै प्रतिक्रिया नपाउने गरेकी म यहाँ ससानो गल्तीमा पनि निगरानी र खबरदारीमा पर्ने गर्दछु । यसैमा गर्व लाग्छ । कोरोना महामारीका बिच कैयौ संचारमाध्यमबाट पत्रकार कर्मचारीलाई निकाल्ने निश्कन बाध्य बनाएका समाचारहरु पनि हामी धेरै सुन्यौ तर यहाँ कार्यरत सबै स्टाफ सन्तुष्टनै छौ । यसो भनिरहदा हाम्रो एफएम आर्थिक रुपमा पुर्ण सफल छ भन्न खोजेको भने होईन । कोरोनाले सृजना गरेको यस जटिल परिस्थीतिमा पनि आर्थिक कठिनाई लाई छिचोलेर कर्मचारी वर्ग लाई हतोत्साही हुन दिएको छैन ।
हुनत संस्था लाई राम्रो बनाउने कुरामा ब्यवस्थापन पक्ष मात्र नभएर संस्थामा आबद्ध सबैको बराबर भुमिका हुनुपर्दछ । यद्यपी ब्यवस्थापन पक्षनै कमजोर भईदियो भने अरुले जतिराम्रो भुमिका निर्वाह गरेपनि हरेक गतिविधी कमजोर बन्दै जान्छन् । पत्रकारितामा शुद्धता कायम गर्न सकियो भने मात्र आम जनताले पत्याउछन् । लाग्छ धौलागिरी एफएमले बिशुद्ध पत्रकारिता गरेको र उत्कृष्ट सामग्री प्रस्तुत गर्ने भएकालेनै सबैको मन जित्न सफल भएको हो । राजनितिक प्रतिशोधका आधारमा चल्ने मिडियाले जनताका आवाज बोल्न सक्दैनन् र त्यस्ताखाले मिडिया धेरै टिकाउ हुन पनि कठिन हुन्छ । जो म आफै देखेकी र भोगेकी छु ।
अतं हामी जो जहाँ रहेपनि पत्रकारिता भनेको शुद्ध सन्तुलित र विश्वस्नीयनै हुनुपर्दछ । लाग्छ धौलागिरी एफएमले पत्रकारिताको नियम र आचारसंहित लाई पुर्ण पालना गरेर अगाडी बढेकोले आम श्रोताको मन जित्न सफल भएको सहज अनुमान गर्न सकिन्छ । धौलागिरी एफएम निरन्तर सुन्ने गरौ । यहाँ बाट प्रसारण हुने समाचार, साहित्य संगित स्वास्थ्य लगायत बिभिन्न सामाजिक सरोकारका महत्वपुर्ण बिषय प्रसारण गर्ने गरेको सबै लाई सर्वबिदितै छ । धौलागिरी एफएमनै तपाई हामी सबैको सुखदुखको चौतारी हो । सबैको सहयोग समर्थन र शुभेच्छालेनै यो एफएमले आफ्ना गौरबमय १६ औ प्रवेशमा सफल भएको छ ।

कोपीला कँडेल
सहसम्पादक
धौलागिरी एफएम ९८.६ मेगाहर्ज