बिहीबार बागलुङमा थप १ फरार प्रतिबादी पक्राउ

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, कार्तिक २१ २០७७

जिल्ला प्रहरी कार्यालय बागलुङले मुद्धा फैसला भई कार्यान्यवन गर्न बाकी रहेका थप १ जना फरार प्रतिबादी लाई पक्राउ गरेको छ ।
लागु औषध मुद्धाका फरार प्रतिबादी बागलुङ नगरपालिका ९ का राजिन बहादुर खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
२०६९ साल भदौ २९ गते मुद्धा फैसला भई १ बर्ष ९ महिना २० दिन कैद र १ लाख रुपयाँ जरिवाना भुक्तान गर्न बाकी रहेका खड्कालाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
पक्राउ परेका खड्कालाई बिहिवार नै अदालतमा दाखिला गरिएको छ । यो सहित जिल्ला प्रहरी कार्यालय बागलुङ र मातहतका युनिटद्धारा हाल सम्म १ सय २९ जना फरार प्रतिबादी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।