लक्षणसहितका कोरोना संक्रमीत अझै बढ्ने चेतावनी

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
बिहिबार, कार्तिक २០ २០७७

पर्वतका स्वास्थ्यकर्मीहरुले जिल्लामा कोरोना संक्रमणको दर तिहारपछि अझै बढ्ने चेतावनी दिदै सजक रहन आग्रह गरेका छन् ।
स्वास्थ्य कार्यालय पर्वतमा आयोजीत पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मीहरुले तिहारपछि पर्वतमा कोरोना संक्रमणका विरामीहरु थप बढेर जाने बताएका हुन् ।
स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले सावधानी अपनाउने क्रम विस्तारै कमी हुँदै गएको र मानिसको आगमन बाक्लो हुन थालेका कारण संक्रमण अझै बढ्ने चेतावनी दिनुभयो ।
दशैं अघिसम्म सामान्य अवस्थामा रहेको कोरोनाको संक्रमण एकाएक बढेर गएको उल्लेख गर्दै उहाँले अहिलेसम्म लक्षणसहितका संक्रमितको संख्या निकै कम रहेको भन्दै त्यो संख्या एकाएक बढ्ने बताउनुभयो ।
स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले स्थानीय तहमा संक्रमीतको अवस्था पहिचानका लागि कुनै कसर बाँकी नराखिएको बताउनुभयो । उहाँले निशुल्क परिक्षण गर्न चाहनेलाई अहिलेसम्म सहज तरिकाले स्वाब संकलनको प्रवन्ध मिलाइएको समेत जानकारी दिनुभयो ।