पूर्व विद्यार्थीद्धारा बडिगाडका बाढी प्रभावितलाई सहयोग

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक ९ २០७७

महेन्द्र आदर्श मावि वामी–टक्सारका २०४८ सालको एसएलसी व्याच समुहले आफ्ना सदस्य दुर्गा अर्यालसहित बागलुङको बडिगाड गाउँपालिकाका बाढी पहिरो प्रभावितलाई राहत सहयोग गरेका छन् ।
बडिगाड गाउँपालिका वडा नं. २ राक्सेमा गत साउनमा गएको बाढी पहिरोले विस्थापित भएका दुर्गा अर्याललाई २ लाख ५५ हजार ९ सय ५३ रुपैयाँ, मिना थापालाई ३४ हजार ८ सय ६५ रुपैयाँ र जुना बिकलाई २० हजार रुपैयाँ सहयोग गरिएको हो ।
यसवर्ष बागलुङमा बाढी र पहिरोको कारण ५३ जनाको मृत्य भएको र ५ सय ९० भन्दी बढी घरमा क्षति पुगेको छ । क्षतिग्रस्त घर पुननिर्माणका लागि प्रत्येक परिवारलाई ३ लाख ५० हजार रुपैयाँका दरले रकम उपलब्ध हुनेगरि तयारी भैरहेको जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भूसालले जानकारी दिनुभयो ।