रिजालको उपचारमा सहयोगको अपिल

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
आइतबार, कार्तिक ९ २០७७

रुखबाट लडेर गम्भीर घाइते भएर पोखराको फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ३ पिप्लेका एक युवाले उपचारको लागि सहयोगको अपिल गरेका छन् ।
कात्तिक ५ गते रुखबाट लड्नुभएका पिप्लेका २२ वर्षिय अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डको तल्लो भाग नचल्ने समस्या देखिएको छ ।
सामान्य परिवारका रिजालको उपचारमा ठुलो खर्च लाग्ने भएपछि पारिवारिक समस्या बुझेर सहयोगको आह्वान गरिएको नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाका सभापति तारानाथ शर्माले बताउनुभयो । उहाँले उपचारमा आर्थिक अभाव हुन नदिन र घाइतेको उपचारमा राहतका लागि सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ ।