चेकजाँच गराएर मात्र पशु बध गर्न आग्रह

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, कार्तिक ४ २០७७

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले पशु बध गर्नुअघि अनिवार्य परिक्षण गराउन आग्रह गरेको छ ।
केन्द्रसहित जिल्ला प्रशासन कार्यालय बागलुङको निर्देशन बमोजिम भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बागलुङमा बसेको सरोकारवालाको बैठकले पशु बध गर्नुअघि अनिवार्य परिक्षण गराउन आग्रह गरेको छ ।
स्त्री पशु बध गनुपुर्व बागलुङ नगरपालिका पशु सेवा शाखामा कार्यरत प्राविधिक वा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक संग चेकजाँच गराउनुपर्ने निर्णय भएको केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले जानकारी दिनुभयो ।
स्त्री पशु बध गर्ने ब्याव्सायीलाई पशु विज्ञसंग परिक्षण गराएर मात्र बध गर्ने ब्यवस्था मिलाउन पाण्डेले आग्रह गर्नुभएको छ ।
चाडपर्वको बेला मासुजन्य पदार्थमा हुन सक्ने लार्पबाहीबाट बच्नका लागि सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।