बागलुङमा ६५ औ प्रहरी दिवस मनाइयो

/ प्रकाशित मिति :
शनिबार, कार्तिक १ २០७७

जिल्ला प्रहरी कार्यलय बागलुङले ६५ औँ प्रहरी दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा सरकारले अवैध घोषणा गरेको ११ थान हतियारसहित ११ जनालाई सार्वजनिक र उत्कृष्ट कार्य गर्नेलाई सम्मान गरिएको छ ।
प्रहरीले अबैध हतियार राखी चोरी शिकारी गर्ने ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो भने उत्कृष्ट काम गर्ने इलाका प्रहरी कार्यालयका प्रहरी प्रकाशसिंह भण्डारी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख शिवप्रसाद पाठकलगायतका प्रहरी जवानलाई नगदसहित पुरस्कृत होे ।
दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अदातल बागलुङका जिल्ला न्यायाधिश वासुदेव न्यौपानेले प्रहरीले जनातको सुरक्षा र समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा चनाखो हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जिल्लामा २०१२ सालदेखि विभिन्न अभियोगमा सजाय दण्ड जरिवाना तोकिएका ४ सय ७९ जना व्यक्तिमध्ये १ सय ३ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, नेपाल पत्रकार महासंघं बागलुङ शाखाका अध्यक्ष दिल शिरीष, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ र पुर्ब प्रहरी संगठन जिल्ला अध्यक्ष टिका कार्की, प्रहरी निरीक्षक विजय भण्डारीलगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।