जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका बरुवालको उम्मेदवारी दर्ता

बागलुङम गजल प्रतियोगता सम्पन्न
धौलागिरी एफएम संवाददाता, बागलुङ/म्याग्दी / प्रकाशित मिति :
बुधबार, असोज २८ २០७७

नेपाल जेसीजको सन २०२१ का लागि हुने निर्वाचनमा म्याग्दीका सुजन बरुवालले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
म्याग्दी जेसीज २०२० को शाखा अध्यक्षसमेत रहनुभएका बरुवालले अनलाइनमार्फत खुला गरेको मनोनयन दर्तामा आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो । बरुवालले युवाहरुको क्षेत्रमा रचनात्मक काम गर्न उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको बताउनुभयो ।
म्याग्दी जेसीजको पाँचौ बोर्ड बैठकले शाखा अध्यक्ष बरुवाललाई राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवार बनाउन गरेको निर्णय दोस्रो साधारणसभाले अनुमोदन गरेपछि बरुवालले औपचारिक रुपमा अनलाइन मार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आगामी पुस १ देखि ४ गतेसम्म भलवारी जेसीजको आतित्यथामा बुटवलमा तय भएको नेपाल जेसीजको ४७ औँ राष्ट्रिय महाधिवेशनका लागि अक्टोवर ५ देखि नोभेम्बर १ तारिकसम्म अनलाइनमार्फत मनोनयन दर्ता आह्वान गरिएको छ ।

बागलुङ जेसीजको सप्ताह अन्तर्गत धौलागिरि एफएमबाट गजल प्रतियोगिता सम्पन्न भएको छ । सप्ताहको पाँचौ दिन साहित्यप्रेमीहरुको क्षमता पहिचान गर्न एफएमबाट प्रत्यक्ष रुपमा प्रतियोगिता गरिएको हो ।
२४ जनाले सहभागिता जनाएको प्रतियोगितामा मगर प्रेम उत्कृष्ट र प्रमिला शर्मा सान्त्वना हुनुभएको छ । विजयी प्रतियोगीलाई युवा सम्मान तथा समापन कार्यक्रममा पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक साधना पन्तले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले बागलुङ जेसीजले कोरोना महामारीका बीच सूचना प्रविधिको प्रयोग गरि साहित्यको विकासमा आफुलाई थप स्थापित बनाएको बताउनुभयो ।
पुरस्कारका लागि सत्यदेवि स्मृति कोष र हाल पोर्चुगलमा रहनुभएका सुजन बिसर्जनले पुरस्कारको व्यवस्था गर्नुभएको छ । प्रतियोगिताको निर्णायकमा पत्रकार महासंघका सचिव राम थापा र धौलागिरि एफएमका सम्पादक ताराप्रसाद शर्मा रहनुभएको थियो ।

नेपाल जेसीजको सन २०२१ का लागि हुने निर्वाचनमा म्याग्दीका सुजन बरुवालले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
म्याग्दी जेसीज २०२० को शाखा अध्यक्षसमेत रहनुभएका बरुवालले अनलाइनमार्फत खुला गरेको मनोनयन दर्तामा आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो । बरुवालले युवाहरुको क्षेत्रमा रचनात्मक काम गर्न उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको बताउनुभयो ।
म्याग्दी जेसीजको पाँचौ बोर्ड बैठकले शाखा अध्यक्ष बरुवाललाई राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवार बनाउन गरेको निर्णय दोस्रो साधारणसभाले अनुमोदन गरेपछि बरुवालले औपचारिक रुपमा अनलाइन मार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आगामी पुस १ देखि ४ गतेसम्म भलवारी जेसीजको आतित्यथामा बुटवलमा तय भएको नेपाल जेसीजको ४७ औँ राष्ट्रिय महाधिवेशनका लागि अक्टोवर ५ देखि नोभेम्बर १ तारिकसम्म अनलाइनमार्फत मनोनयन दर्ता आह्वान गरिएको छ ।
यसैगरि बागलुङ जेसीजको सप्ताहअन्तर्गत धौलागिरि एफएमबाट गजल प्रतियोगिता सम्पन्न भएको छ । सप्ताहको पाँचौ दिन साहित्यप्रेमीहरुको क्षमता पहिचान गर्न एफएमबाट प्रत्यक्ष रुपमा प्रतियोगिता गरिएको हो ।