पर्वत जेसीजको सप्ताह शुरु

बागलुङमा दोस्रो दिन संसदिय बैठक संचालन बिधि तालिम सम्पन्न
धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, असोज २५ २០७७

शनिबारदेखि पर्वत जेसीजको जेसीज सप्ताह शुरु भएको छ । साताव्यापी रुपमा आयोजित कार्यक्रमअन्र्तगत शनिबार जेसीज सप्ताहको उद्घाटन गरिएको छ । जेसीज सप्ताह आगामी शुक्रबारसम्म संचालन हुनेछ ।
वर्षेनि सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्धेश्यले आयोजना हुने कार्यक्रमअन्र्तगत सात दिनसम्म फरक फरक विधामा कार्यक्रम संचालन गरिने पर्वत जेसीजले जनाएको छ । जेसीजले असोज २५ गते जेसीज पूर्व परिचय तालिम र २६ गते जेसीजगाउँ चुवामा होर्डिङ बोर्ड स्थापना गर्नेछ ।
त्यसैगरी, असोज २७ गते कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा वृक्षारोपण, असोज २८ गते कोभिड–१९ सम्वन्धि अनलाईन अन्तरक्रिया, असोज २९ गते महिला सशक्तिकरण तालिम तथा उद्यमीलाई बाख्रा वितरण कार्यक्रम आयोजना गरिएको छ ।
यसैबीच, बागलुङमा जारी जेसीज सप्ताहको दोस्रो दिन शनिबार संसदिय बैठक संचालन बिधि सम्वन्धी तालिम सम्पन्न भएको छ । जेसीजका पदाधिकारी, सदस्य, पुर्वअध्यक्ष लगायतको सहभागिता रहेको तालिमको उद्घाटन पर्वत जेसीजका पूर्वअध्यक्ष अर्जुनप्रसाद चापागाईले गर्नुभएको थियो ।
तालिममा बैठक संचालन विधि, बैठकको शुरुवात, बैठकका लागि आवश्यक नीति नियमका वारेमा व्यवहारीक ज्ञानलगायतका विषयमा चापागाईले सहजीकरण गर्नुभएको थियो ।