अनेमसंघ तंग्रामको प्रशिक्षण भेला सम्पन्न

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, असोज २५ २០७७

अखिल नेपाल महिला संघ तंग्रामको आयोजनामा शनिबार प्रशिक्षण भेला सकिएको छ । भेलाको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमरबहादुर थापाले देशमा सबैभन्दा बढी उत्पीडनमा रहेका महिला समुदाय आफ्नो मुक्तिका लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
थापाले देशको आमुल परिवर्तनका महिलाहरुको भुमिका महत्वपूर्ण रहेकाले त्यसका लागि अखिल नेपाल महिला संघमा आबद्ध हुन सबै महिलाहरुलाई आव्हान गर्नुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य लक्षमण पुनले शुभकामना मन्तव्यसहित प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी, जातीय समता समाज बागलुङका सचिव तथा काठेखोला गाउँ कार्यपालिका सदस्य टीका संगम बिक, अखिल नेपाल भुतपुर्व सैनिक संघ बागलुङका सचिव थिर बहादुर राना, अखिल नेपाल महिला संघका लालमति पुनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम वडा समितिका अध्यक्ष बिष्णुकली थापाको अध्यक्षता, पार्वती थापाको सञ्चालन, चन्द्रकला पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । भेलाले ९ वटै टोलमा प्रशिक्षण भेला आयोजना गर्न टोल समिति निर्माण गरेको छ ।