अखिल नेपाल युवक संघको राङ्खानीमा टोल समिति गठन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, असोज २३ २០७७

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ जैमिनी नगरपालिका वडा नं. १० को टोल भेला सम्पन्न भएको छ । भेलाले विरेन्द्र श्रीसको अध्यक्षतामा ३७ सदस्यीय अखिल नेपाल युवक संघ राङ्खानीको टोल समिती गठन गरेको छ ।
समितिको उपाध्यक्षमा केयरसिंङ श्रीस, सचिवमा चन्द्र पुन, सहसचिवमा समीर श्रीस र कोषाध्यक्षमा कुमार थापालाई चयन गरेको छ ।
भेलामा बोल्दै अखिल नेपाल युवक संघ बागलुङका सचिवालय सदस्य थापा र जैमिनी नगर अध्यक्ष यम पुनले देश भएका भ्रष्टचार, अन्याय अत्याचार तथा गाउँटोलमा बिकृती र बिसङगती मौलाउदै गैरहेकाले सचेत युवाहरु सकरात्मक सोचका साथ समाज परिवर्तनको लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम वीरबहादुर श्रीसको अध्यक्षता र दलबहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो । अखिल नेपाल युवक संघ बागलुङले यहि असोज ३० गते जैमिनी १० राङखानीमा वडा स्तरीय प्रशिक्षण भेला गर्ने जनाएको छ ।