अन्तरपार्टी महिला संजालको नयाँ नेतृत्व चयन, अध्यक्षमा बुढा

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, असोज १७ २០७७

महिला हक अधिकारको क्षेत्रमा क्रियाशिल अन्तरपार्टी महिला संजाल बागलुङको नयाँ नेतृत्वमा कुशुम बुढा मगर चयन हुनुभएको छ ।
बागलुङमा क्रियाशिल ५ वटा राजनैतिक दल सहभागी संजालको नेतृत्व चक्रिय प्रणाली अन्र्तगत चयन गरिने परम्परा अनुसार नेकपाको तर्फबाट बुढामगर चयन हुनुभएको हो । यसअघि नेकपा मालेका मञ्जु क्षेत्रीले संजालको नेतृत्व गर्नुभएको थियो ।
१४ सदस्यीय संजालको उपाध्यक्षमा नेपाली काँग्रेसबाट भगवती केसी, सचिवमा नेपाली काँग्रेसकै पिङ्गल खड्का जिसी, सह–सचिवमा नेकपाका टिकाकुमारी विश्वकर्मा र कोषाध्यक्षमा जनता समाजवादीका निमा गुरुङ श्रीस रहनुभएको छ ।
सदस्यहरुमा मञ्जु क्षेत्री, सुनिता श्रेष्ठ, गंगा शर्मा, चिनीमाया काला, लक्ष्मी बोहरा, सिता सापकोटा, गोमा छन्त्याल, कमला पराजुली र बलिमाया थापा रहनुभएको छ । पदाधिकारी तथा सदस्यका लागि नेकपा र नेपाली काँग्रेसबाट पाँच÷पाँच जना, जनता समाजवादीबाट २ जना, राप्रपा र मालेबाट १÷१ जना रहने व्यवस्था गरिएको छ ।