रोट्रयाक्टको डिजिटल बोर्ड स्थापना

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, असोज १७ २០७७

रोट्रयाक्ट क्लव अफ बागलुङले धौलागिरि अस्पतालमा डिजिटल सचेतना बोर्ड व्यवस्थापन गरेको छ । कोरोना भाइरसबाट बच्नका लागि सर्वसाधारणलाई सचेतना फैलाउने उद्देश्यले अस्पताल परिसरमा डिजिटल सचेतना बोर्ड स्थापना गरिएको हो ।
कोरोनाबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डबारे जानकारी गराईएको बोर्डको उद्घाटन गर्दै अस्पताल बिकास समितिका अध्यक्ष केवि राना मगरले युवाहरुको शक्तिले नै समाज परिवर्तन गर्न सक्ने भएकाले युवाहरु सचेत भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रम रोट्रयाक्ट क्लव अफ बागलुङ बर्ष २०२०÷०२१ का अध्यक्ष ताराप्रसाद शर्माको अध्यक्षता, आगामी अध्यक्ष शिव केसीको स्वागत, उपाध्यक्ष साधना पन्तको धन्यावाद मन्तव्य र प्रस्तावित अध्यक्ष झोेकेन्द्र थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।