संबिधान दिवश: अध्यक्ष गौतमसहित १६ जना पत्रकारलाई पदक

धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति :
शनिबार, असोज ३ २០७७

धौलागिरि एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतम मानपदव, अलकार र पदकद्वारा बिभुषित हुनु हुने भएको छ । लामो समयदेखि पत्रकारीता क्षेत्रमा कार्यरत गौतमलाई सरकारले संबिधान दिवसको अवसरमा बिभुषित गर्ने निर्णय गरेको हो ।

धौलागिरि एफएमका अध्यक्ष तथा ढोरपाटन राष्ट्रिय दैनिकका सम्पादक गौतम सहित १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको हो । पत्रकार गौतम सहित बागलुङका अर्का पत्रकार शुभशंकर कँडेल डा. राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिीवि मास्के (प्रवल जनसेववा श्री चतुर्थ) रहनुभएको छ ।

यसैगरी टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन चौधरी, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरको हो ।