नेकपा बागलुङको बाढी पीडितलाई साढे १९ लाख सहयोग

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, भाद्र २६ २០७७

ढोरपाटनका बाढीपहिरो पीडितका लागि नेपाल कम्युनिष्ट पार्टि (नेकपा) बागलुङले साढे उन्नाईस लाख रुपैयाँ सहयोग गरेको छ ।
नेकपा बागलुङले नेता कार्यकर्ताबाट स्वस्फुर्त संकलन भएको १९ लाख ५८ हजार ७ सय ५६ रुपैयाँ ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहत कोषमा जम्मा गरेको हो ।
बिहिबार नेकपा गण्डकी प्रदेश कमिटिका सचिव गोविन्द नेपाली, जिल्ला इन्चार्ज बलावती शर्मा, जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटासहित नेकपाको टोली बुर्तिवाङमा पुगेर राहत रकम हस्तान्तरण गरेको कार्यालय सदस्य कृष्ण पाठकले जानकारी दिनुभयो ।
रकम हस्तान्तरण गर्दै नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले विपत्को सामना सबै मिलेर गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपालीले पीडितलाई राहत र विस्थापितलाई पुर्नस्थापित गराउन तीनै तहका सरकारलाई पार्टिले ध्यानाकर्षण गराएको प्रतिवद्वता जाहेर गर्नुभएको थियो ।
जिल्ला इन्चार्ज बलावती शर्माले सबै क्षेत्रबाट भैरहेको सहयोगलाई पारदर्शी ढंगले पीडितसम्म पु¥याउन नगरपालिकालाई आग्रह गर्नुभएको थियो ।