राम्चे ढुङ्गामा पर्या–पर्यटन तथा उद्यान पार्क निर्माणको लागि सम्भाव्यता अध्ययन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, पुष २१ २០७५

बागलुङको गलकोट स्थित पर्यटकीय स्थल राम्चे ढुङ्गामा पर्यापर्यटन तथा उद्यानपार्क निर्माणको लागि सम्भाव्यता अध्ययन गरिएको छ ।

गलकोट नगरपालिका ७ मल्म राम्चे ढुङ्गालाई पर्यटकीय क्षेत्रको रुपमा थप विकास गरि आन्तरिक तथा बाह्य पर्यटक आवागमनमा वृद्वि गरी आर्थिक समृद्विको निमित्त सम्भाव्यता अध्ययन गरिएको राम्चे ढुङ्गा पर्यटन विकास केन्द्रका अध्यक्ष अम्मर थापा विष्णुले जानकारी दिनुभयो ।

समृद्व गलकोट नगर निर्माणमा सहयोग पुगोस् भन्ने हेतुले सम्भाव्यता अध्ययन सककगै विकासका सम्भावनाहरुलाई क्रमशः जोड्दै लैजाने अध्यक्ष थापाले बताउनुभयो ।

सम्भाव्यता अध्ययन पछि राम्चे ढुङ्गा पर्यापर्यटन तथा उद्यानपार्कको निमित्त उपयुक्त रहेको अध्ययनकर्ता तथा सव–डिभिजन वन कार्यालय गलकोटका सहायक वन अधिकृत मदन सुवेदीले बताउनुभयो । प्राकृतिक सौन्दर्यतालाई अभिवृद्वि गर्न विभिन्न किसिमका बोट विरुवाहरुको वृक्षारोपण गरी जैविक विविधता संरक्षण सम्र्वद्धन गरी पर्यापर्यटनमा यसले थप टेवा पुग्ने सहायक वन अधिकृत सुवेदीको भनाई छ ।

समुन्द्री सतह देखि ६ हजार २ सय फिटको उचाईमा अवस्थित पर्यटकीय स्थल राम्चे ढुङ्गा भौगोलिक रुपमा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ठाउँ हो । त्यहाँबाट विभिन्न मनोरम हिमश्रृखंला, गलकोट क्षेत्रसँगै छिमेकी जिल्लाहरु, सुर्योदय र सुर्यास्त दृश्यावलोकन गर्न सकिने गलकोट नगरपालिका वडा नं ७ का कार्यवहाक वडा अध्यक्ष लोकबहादुर थापाले बताउनुभयो ।

राम्चे ढुङ्गा पर्यटन विकास केन्द्रले पर्यटनको विकासको निमित्त निकट भविष्यमा दरमखोला भीमसेन ढुङ्गादेखि राम्चे ढुङ्गा हुककदै घुम्टेसम्म रेलिङयुक्त पदमार्ग, राम्चे ढुङ्गाबाट प्यारागलाईडिङको उडान गर्न धावन मार्ग (रन वे) निर्माण, मल्म पाण्डवखानी सडकको स्तरोन्नति, टोकरीमा होम स्टे निर्माण गर्ने लक्ष्य लिएको जनाइएको छ ।