फलेवास नगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
मंगलबार, साउन १३ २០७७

पर्वतको फलेवास नगरपालिका मुलुककै उत्कृष्ट बनेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा राजश्व लगानी तथा बित्तिय व्यवस्थापनका क्षेत्रमा देशभरैके उत्कृष्ट नतिजा हासिल गर्न सफल हुँदै पुरस्कृत भएको छ ।
देशभरका नगरपालिकाबाट गत आर्थिक बर्ष २०७५÷७६ मा राजश्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादित कामको नेपाल नगरपालिका संघबाट पूर्व निर्धारित सूचकहरुका आधारमा विशेषज्ञहरुको टोलीबाट मूल्यांकन गर्दा यस नगरपालिका देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत भएको हो ।
नगरपालिकाबाट सम्पादित कामको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघको २८ औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मालाई सम्मान गरिएको थियो ।