बागलुङका ढकालसहित टिमको उम्मेदवारी घोषणा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, असार ३१ २០७७

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकदै गर्दा बागलुङका चन्द्र प्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यमा उमेदवारी घोषणा गर्नु भएको छ ।
महासंघको चुनावी सरगर्मि बढ्दै गएको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम आइएमई समुहका अध्यक्ष ढकालले आफु महासंघको वरिष्ठ उपाध्य सहित आफ्नो टीमको उम्मेदवारी घोषणा गर्नु भएको हो ।
उद्योग वाणिज्य संघ समुहको उपाध्यक्षका लागि ग’णनिधी तिवारी, वस्तुगत संघ समुहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसिएट सदस्य समुहको उपाध्यक्षका लागि रामचन्द्र संघईले उमेदवारी दिनु भएको छ । लकडाउनको कारण चार महिनापछि महासंघको निर्वाचन आगामी साउन २६ र २७ गते बार्षिक साधारण सभा गर्ने तयारी भएको छ ।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएपनि उपाध्यक्ष सहित अन्य पदह?मा भने निर्वाचन हुने प्रावधान रहेको छ । यो साधारण सभाले आगामी तीन वर्षका लागि महासंघको नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।
घोषणा सभामा ढकालले चुनाव जितेपछि महासंघको छवि निर्माण र व्यवसायीहरुको हित र विकासमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । व्यवसायीक नेतृत्वको इतिहास बोकेको महासंघले निजी क्षेत्रलाई अहिले कोरोनाले पारेको गहिरो आर्थिक धक्काबाट माथि उठाउन गम्भिरतापुर्वक लागेर व्यवसायीको मनोबल उचो बनाउन लागि पर्ने उहाँको भनाई थियो ।