पत्रकार कंडेल र आचार्य कालिका पत्रकारिता पुरस्कारबाट पुरस्कृत

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, पुष ८ २០७५

बागलुङ कालिका मन्दिर व्यवस्थापन समितिले प्रदान गर्दै आएको कालिका पत्रकारिता पुरस्कार २०७४ बाट बागलुङ जिल्लामा क्रियाशील दुई पत्रकारलाई पुरस्कृत गरिएको छ ।

पत्रकारिताको माध्यमबाट बागलुङ कालिको प्रवद्र्धन र प्रचार प्रसारमा योजना पु¥याएको भन्दै गुठीले नेपाल टेलिभिजनका बागलुङ संवाददाता किरण आचार्य र रेडियो नेपालका जिल्ला सम्वाददाता कोपिला कँडेललाई प्रमाणपत्र दोसल्ला सहित नगद ५÷५ हजार सहित कालिका पत्रकारिता पुरस्कार २०७४ प्रदान गरिएको हो ।

बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठक र प्रदेश सांसद इन्द्रलाल सापकोटताले दोसल्ला ओढाएर नगद राशी सहित पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुरस्कार बितरण पछि बोल्दै सांसद पाठकले पत्रकारले अलिकति मेहनत गर्दा देशको आर्थिक अवस्थामा सुधार आउन सक्ने बताउनुभयो । ‘केही दिन अगाडी छापिएको समाचारले गर्दा अहिले सांसदहरुले घरभाडा बापत लैजाने लाखौं रकम जोगिएको छ,’ उहाँले भन्नुभयो,‘तपाईहरुले यहाँका स्थानीय तहमा अलिकति चासो दिएर हेरिदिनुस् त्यसबाट कैयौं अनावश्यक खर्च जोगिन्छ र त्यसले देशको विकासमा टेवा पु¥याउँछ ।’ उहाँले बागलुङका विकासका लागि पर्यटनको विकास हुनु जरुरी रहेको समेत बताउनुभयो ।

गण्डकी प्रदेश सांसद ईन्द्रलाल सापकोटाले जिल्लाको समृद्धिका लागि यहाँका उद्योगी व्यवसायीले लगानी गर्नुपर्ने बताउनुभयो । ‘अब राजनीतिक समस्याहरु छैन, नीतिगत समस्या समाधानका लागि हामी तयार छौं,’ उहाँले भन्नुभयो,‘सरकार आएर यहाँ राम्रो रिसोर्ट खोल्दिने होईन । सरकार आएर यहाँको पर्यटन विकास गर्ने होईन । त्यसका लागि यहाँका व्यवसायीहरुल लगानी गर्नुपर्छ ।’ सापकोटाले बागलुङ जिल्लालाई समृद्ध बनाउन लगानीकर्ताले पर्यटन तान्न सक्ने बागलुङको पन्चकोट, भकुण्डेमा केबल कार राख्ने लगायतका स्थानमा लगानी गर्न सुझाउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ बागलुङ नगरपालिका वडा नम्बर ३ की अध्यक्ष लक्ष्मी बासकोटा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरीष पुरस्कृत पत्रकार कोपिला कँडेल, किरण आचार्यले अबको पत्रकारिताबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बागलुङ कालिका मन्दिरको प्रचार प्रसार र प्रवद्र्धनका लागि सहयोग पु¥याउने दुई जना पत्रकारलाई हरे वर्ष पुरस्कृत गर्दै आएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । कार्यक्रम गुठीका सदस्य निशान खड्काको अध्यक्षता र अर्का सदस्य राजेशचन्द्र राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।