वडाभित्र ३ ठाउँमा क्वारेन्टाईन निर्माण गर्ने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, जेष्ठ १९ २០७७

बागलुङ नगरपालिका वडा नम्वर ९ तित्याङले कोरोना भाईरस कोभिड–को सम्भावित जोखिमबाट बच्नका लागि वडा भित्र ३ ठाउँमा क्वारेन्टाईन निर्माण गर्ने भएको छ ।
आइतबार वडामा बसेको सर्वपक्षिय बैठकले पहिलो चरणमा तित्याङस्थित स्वास्थ्य चौकीको पुरानो भवन, चरणबद्व रुपमा तित्याङ सिगाना माबि र शिवालय प्राबिलाई क्वारेन्टाएनको रुपमा प्रयोग गर्ने निर्णय भएको वडा अध्यक्ष गणेश थापाले जानकारी दिनुभयो ।
यस्तै, बैठकले वडाभित्रको बिद्युत ब्यवस्थापनको लागि ६ वटा क्लष्टर समेत निर्माण गरेको छ ।
बिद्युतको पोल नजिक रहेका अनावश्यक रुखका कारण बिद्युत आपुर्तिमा हुने समस्यासंगै स्थानीयको सुरक्षाका लागि रुख बिरुवा हटाउन ६ वटा क्लष्टर बनाएको वडा अध्यक्ष थापाले बताउनुभयो ।
बिद्युतको पोलतार वरीपरीका बोट बिरुवा हटाउन सहजिकरणका लागि राम बहादुर खड्का, रुद्र बहादुर खड्का, डोलेन्द्र बहादुर खड्का, गंगा खत्री, प्रेम केसी र राजु थापालाई जिम्मेवारी तोकिएको अध्यक्ष थापाले बताउनुभयो ।