पत्रकार तथा संचारकमीलाई पर्न जाने समस्यामा महासंघले कल्याणकारी कोष परिचालन गर्ने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, बैशाख ११ २០७७

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले लकडाउनको कारण पत्रकार तथा संचारकर्मीलाई पर्न जाने समस्यामा राहत तथा सहयोगको लागि कल्याणकारी कोष परिचालन गर्ने भएको छ ।
पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले कोरोना महामारीका कारण निकट भविष्यमा आउने सक्ने थप समस्यालाई दृष्टिगत गरि कल्याणकारी कोषलाई वृद्धि तथा पचिालन गर्ने निर्णय गरेको हो ।
सोही प्रयोजनका लागि गायक प्रकाश सपुतले प्रदान गरेको ३५ हजार सोही कोषमा जम्मा गर्ने निर्णय गरेको सचिव राम थापा अविरलले जानकारी दिनुभयो । संक्रमणको यो अवस्थामा पनि अग्र भागमा रहेर सहि सुचना र समाचार संम्प्रेशणमा सक्रिय पत्रकारहरुका धन्यवाद व्यक्त गर्दै गुणस्तरीय मास्क, सेनिटाइजन लगाएतका सामाग्री उपलव्ध गराउने निर्णय गरेको छ ।
बैकठले धवलागिरी एफएमको लोगो प्रयोग गरी शुसिला लामा नामको फेसबुक प्रयोगकर्ताले विभिन्न व्यक्तिगत भ्रमात्मक कुराकानी गरी संस्थाको बदनाम गरेको भनि महासंघमा गुनासो उजुरी आएकाले सोमाथि अनुसन्धान गरी तत्काल कानुनी दायरामा ल्याउन प्रहरीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

संक्रमणको जोखिममा अग्र भागमा रहेर काम गरिरहेका पत्रकारको सुरक्षा र एक महिनाको भोगाई तथा चुनौतीबारे भएको छलफलले आगमी दिनमा पनि सहि सुचना र समाचार सम्पे्रषणमा सक्रिय रहन जिल्ला स्थित सवै पत्रकारलाई आग्रह समेत गरेको छ ।
छलफल कार्यक्रममा सहभागी पत्रकारहरुले पत्रकारको भौतिक र आर्थिक सुरक्षाबारे चासो व्यक्त गरेका थिए । उनिहरुले संकटको बेला महासंघ र सम्बन्धित संचारमाध्यम अभिभावकीय भूमिकामा रहनुपर्नेमा जोडदिएका थिए ।
महासंघका निवर्तमान केन्द्रीय सदस्य हरिनारायण गौतमले फिल्डमै पुगेर रिपोटिङ गर्ने पत्रकारको पहिलो काम भएको उल्लेख गर्दै संकटको बेला आउने गलत सूचनाको भेरिफिकेसनमा पनि पत्रकार चुक्न नहुने बताउनुभयो ।
पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारीले समाचारका लागि नाम मात्रको राहत दिने र उनीहरुले पत्रकारलाई उपयोग गर्ने प्रवृत्तिबिरुद्ध पनि पत्रकार चनाखो बन्नुपर्ने धारणा राख्नुभयो ।
महासंघकै पूर्वअध्यक्ष रामबहादुर जिसीले पत्रकारहरु सुरक्षित बनेर काम गर्नुपर्ने बेला आएको भन्दै सूचनाको सही संकलन र प्रसारणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । पत्रकारको नाउँमा बदनामी गराउन खोज्नेबाट बच्न पनि सजग बन्नुपर्नेमा उहाँको जोड थियो ।
सहभागी पत्रकारहरुले एक महिनासम्मको लकडाउनमा पत्रकारले भोग्नुपरेका समस्या र अहिलेसम्म गरेका रिपोटिङको अनुभव पनि सुनाएका थिए ।