प्रधानमन्त्रीले धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीलाई दिए धन्यवाद !

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, बैशाख ८ २០७७

कोरोना संक्रमितको उपचारमा सफलता प्राप्त गरेको धौलागिरी अंचल अस्पताल बागलुङका चिकित्सक, स्वासथ्यकर्मीको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
बागलुङ नगरपालिका–३ गौडाकोट निवासी ६५ वर्षिया मनकुमारी पौडेलको उपचारमा संलग्न रही सफलता प्राप्त गरेको सामाजिक ट्वीटर मार्फत खुःसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शनिबार मात्र डिस्चार्ज हुनुभएकी महिलाको दीर्घायुको कामना गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले दम र उच्च रक्तचापकाट पीडित भएपनि बेडोजको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको उल्लेख गर्दै उहाँको दीर्घायुको कामना समेत गर्नु भएको छ ।
पौडेलको चौथो स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पनि नेगेटिभ आएपछि शनिबार घर पठाइएको हो । पछिल्लो रिपोर्टसँगै उहाँलाई रोक निको भएको छ । पौडेल अस्पतालबाट डिस्चार्ज भए पनि अझै दुई हप्ता होम क्वारेन्टिनमा बस्नुपर्ने छ ।
चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आउनुभएकी पौडेललाई चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । डिस्चार्ज पछि प्रतिक्रिया दिँदै पौडेलले आफ्नो बलियो आत्मविश्वासले कोरोनालाई पराजित गरेको बताउनुभयो ।