पर्वतको जलजलामा बस्ने युवती आफै गइन आइसोलेसनमा

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, चैत्र १९ २០७६

पर्वतको जलजला गाउँपालिकमा बस्दै आएकी एक २७ बर्षिया युवती आफै आइसोलेसनमा पुगेकी छन ।
बागलुङ घर भई हाल पर्वतको जलजला गाउँपालिकामा बस्ने २७ वर्षीया युवतीमा कोरोनाको सम्भावित लक्षण देखा परेपछि बेनी अस्पतालको आइसोलेसन वार्डमा आँफै भर्ना हुन पुगेकी हुन ।
म्याग्दीको बेनी अस्पतालमा सोमबार कोरोनाका लक्षण देखिएकी ती युवती आफै अस्पताल आएपछि आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उनलाई आइसोलेसनमा राखिएको अस्पतालका डा. मनोज घिमिरेले बताउनुभयो ।
विदेशबाट आएका आफन्तलाई समेत ज्वरो, रुघाखोकी देखिएकोले थप चेकजाँच गर्न अस्पतालमा ल्याउने तयारी भइहेको बताइएको छ । स्वास्थ्य परीक्षणको क्रममा उनलाई कोरोना संक्रमणको लक्षण हुन सक्ने भन्दै सचेत भएर उनी आफैं अस्पताल पुगेको चिकित्सकको भनाइ छ ।
अस्पतालमा आइसोलेसन वार्डमा भर्ना भएकी युवतीको स्वाब परिक्षणको लागि पोखरा पठाईएको छ । गण्डकी प्रदेश सरकार मातहत मंगलवारदेखि कोरोना भाइरस परिक्षण मेसिनको प्रयोगमा आएपछि बेनीमा संकलन गरिएको स्वाब पोखरा नै पठाईएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।