बेनी अस्पतालमा ६ बेड क्षमताको आइसोलेसन कक्ष स्थापना

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, चैत्र १५ २០७६

बिश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणवाट बच्नका लागि सदरमुकाम बागलुङ बजारमा किटनासक औषधी छर्किन थालिएको छ ।
बागलुङ नगरपालिकाको कार्यालय बागलुङले कोरोनाको भाइरसको सम्भावित जोखीमबाट बच्नको लागि थप पूर्व सतर्कता अनुरुप किटाणु मार्न प्रयोग हुने सोडियम हाइपो क्लोराईड नामक किटनासक औषधी छर्कन शुरु गरेको हो ।
कोभिड–१९ संक्रमण, रोकथाम, उपचार र नियन्त्रणका लागी शुन्य दशमलव ५ प्रतिसत औषधी पानीमा मिसाएर बजारभर छर्किन शुरु गरेको बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।
पहिलो दिन शुक्रबार बागलुङ नगरपालिकाको कार्यालय, ट्राफिक चोक, समिटचोक हँुदै लोकतान्त्रिक चोक र धौलागिरि चोकसम्म छर्किएको र यो क्रम निरन्तर जारी रहि बागलुङ बजार भर छर्किने अभियान रहेको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताउनुभयो ।
प्रदुषण निवारण अर्थात किटाणु मार्न प्रयोग गरिने यो औषधी अहिलेको समयमा पनि सान्दर्भिक हुने भएकाले बजारका मुख्य नाका र बजार भर छर्कने गरि शुरु गरिएको जानकारी दिदै खनालले कोरोना भाइरसले आक्रमण गर्न नपाओस भनि बागलुङ नगरपालिकाले यो अभियान शुरु गरेको बताउनुभयो ।
बिषेश गरि हेपटाइटिस बि, एचआइभिका भाइरसरलाई मार्नका लागि प्रयोग हुने औषधी अस्पताल र अप्रेसन थिएटरमा बढी प्रयोग हुने भएपनि यो समयमा कोरोना भाइरसका किटाणुलाई पनि नष्ट गर्न सहयोग पुग्ने भएकाले छर्किन थालिएको खनालको भनाई रहेको छ ।