धौलागिरी अञ्चल अस्पताललाई भेगन समूहको सहयोग

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, चैत्र १ २០७६

भ्रमणका लागि बागलुङ आएको अन्तराष्ट्रिय शाकाहारी समुह ‘भेगन’ले धौलागिरी अञ्चल अस्पतालमा उपकरण सहयोग गरेको छ ।
बिरामीको धड्कन जाँच गर्ने मेसिन ‘स्थेषकोप’ तीन थान र बच्चाहरुको चेकजाँचका लागि प्रयोग हुने ‘डप्लर’ मेसिन दुईथान सहयोग गरेको हो ।
अस्पतालमा कार्यरत चिकित्सकहरुले माग गरेकै आधारामा आँफुहरुले सामग्री सहयोग गरेको भेगन समुहकी सदस्य सोफना युसीले बताउनुभयो । उनीहरुले थप आवश्यक सामग्रीको समेत प्रबन्ध गरिदिने बचन दिएको बताइएको छ ।
घुम्न आएकाहरुले पनि अस्पताललाई सहयोग गरेको र उनीहरुले दिएका समग्री बिरामीको चेकजाँचमा चिकित्सकहरुका सहारा बन्ने अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताउनुभयो ।
शुक्रबार अस्पताल परिसरमा आयोजना गरिएको एक कार्यक्रममा भेगन समुहका तीन सदस्यले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बि. पोखरेललाई हस्तान्तरण गरेका थिए । उक्त समुह बागलुङको भकुण्डे भ्रमणका लागि आएको थियो ।