दुर्गम जोड्दै खुला विश्व विद्यालय

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, फाल्गुन २५ २០७६

दुर्गम, गरिव विपन्न विद्यार्थीलाई खुला विश्व विद्यालय वरदानै भएको एक कार्यक्रमका सहभागीहरुले जनाएका छन् ।
नेपाल खुला विश्वविद्यालय, ललितपुरले शनिबार बागलुङ बजारमा आयोजना गरेको अन्र्तक्रिर्याका सहभागीहरुले दुर्गम तथा समय व्यवस्थापन गर्न गाह्रो हुने विद्यार्थीलाई स्नात्तोकत्तर, एम फिल लगायतका उच्च शिक्षा खुला विश्व विद्यालय बरदान भएको बताएका थिए ।
२०७३ सालमा स्थापना भएको नेपाल खुला विश्व विद्यालयमा इन्टरनेटमा रहेको भिडियो कल माध्यमद्वारा अध्ययन गर्न सकिने खुला विश्व विद्यालयले दुगर्ममा बसेर उच्च शिक्षा अध्ययनमा सहभागी हुन पाउँदा निकै खसी लागेको खुला विश्व विद्यालय मार्फत एमफिल गरिरहेका विद्यार्थी बलाराम शर्माले जानकारी दिनुभयो ।
उच्च शिक्षामा सर्वसाधरणको सहज पहुँच पु¥याई ज्ञान, सिप, र प्रविधियुक्त जनशक्ति उत्पादनका लागि सरकारी स्तरबाटै खुला विश्व विद्यालय स्थापना गरिएको खुला विश्व विद्यालयका रजिष्ट्रार कमल प्रसाद ढकालले जानकारी दिनुभएको थियो ।
खुला विश्व विद्यालयले हाल प्राज्ञिक, अनुसनधान मूलक तथा पेशागत विकास सम्बन्धी २२ वटा विभिन्न तह र विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको अन्तरक्रिर्या कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा बागलुङ, म्याग्दी तथा पर्वतका विभिन्न क्याम्पसमा अध्यापन गराउने ३० जना प्रध्यापकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा त्रिवि सभा सदस्य तथा धौलागिरी बहुमुखी क्याम्पसका प्रध्यापक डा. दिन बहादुर थापाले गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री खुला विश्व विद्यालयको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा निमित्त क्याम्पस प्रमुख ओम शर्माले बोल्नुभएको थियो ।
कार्यक्रम खुला विश्व विद्यालयका शिक्षा विभागका प्रोफेसर डा. जिवन खड्काको सहजीकरण तथा खुला विश्व विद्यालयका रजिष्ट्रार कमल प्रसाद ढकालको अध्यक्षतामा सम्प्न्न भएको थियो ।