सिगाना मावि र शिवालय आधारभूत विद्यालयको वार्षिकोत्सव

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, फाल्गुन ११ २០७६

बागलुङ नगरपालिका–९ को तित्याङ्ग स्थित सिगाना माविको ६६औँ वार्षिकोत्सवको तेस्रो दिन शनिबार विविध प्रतियोगीता सम्पन्न भएका छन् ।
वार्षिकोत्सवको तेस्रो दिन अन्तर सदनात्मक कवड्डी, भलिबल, फुटबल, तातो आलु, चम्जा तथा बोरा दौड, एथ्लेटिक्स, चित्रकला स्किपिङ्ग खेल सम्पन्न भएको शिक्षक हस्तबहादुर खड्का ‘पवन’ले जानकारी दिनुभयो ।
वार्षिकोत्सवको मुल समारोह आईतबार प्रतिनिधिसभा सांसद डा. सूर्य पाठकले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच, बानपा–१० भकुण्डेको शिवालय आधारभूत विद्यालयको ३३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अन्तिम दिन आयोजित घैटोफोर प्रतियोगीतामा अभिभावक टिका थापा प्रथम हुनुभएको थियो । कार्यक्रममा प्रधानध्यापक हरिलाल थापाले ३७ लाख रुपैयाँ बराबरको आर्थिक तथा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वार्षिकोत्सवमा अवसरमा हाजिरी जवाफ, हिसाव, चम्चा, मिठाई दौड, बेलुन फुटाई र म्युजिकल चियर प्रतियोगीता आयोजना गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर थापाको अध्यक्षता, शिक्षक त्रिकला थापाको स्वागत र शिक्षक उमाकान्त शर्माको संचालनमा सम्पन्न भएको थियो ।