अमर आदर्श वार्षिकोत्वसः हाजिरी जवाफमा एभरेष्ट, नृत्यमा अमर आदर्श

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, फाल्गुन ८ २០७६

बागलुङको अमर आदर्श माध्यमिक विद्यालयले आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीतामा फ्युचर ब्राईटर बोर्डिङ स्कुल र शिक्षक नृत्य प्रतियोगीतामा अमर आदर्श विजयी भएका छन् ।
विद्यालयको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित हाजिरी जवाफमा गरिमा आवासीय मावि द्धितीय र अमर आदर्श मावि तृतीय भएको प्रिन्सीपल हेमन्त थापाले जानकारी दिनुभयो । अन्तर विद्यालय स्तरीय शिक्षक नृत्य प्रतियोगीतामा यूएस एकेडेमी द्धितीय र फ्युचर ब्राईटर बोर्डिङ्ग स्कुल तृतीय भएका थिए ।
वार्षिकोत्सवको मुल समारोह बिहिबार ११ बजेदेखि संचालन हुने अध्यक्ष विजयराज पन्तले जानकारी दिनुभयो ।