मृगौलाको क्यान्सर रोगवाट पिडित परियारलाई आर्थिक अभाव

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, फाल्गुन ७ २០७६

आर्थिक रुपमा विपन्न जैमिनि नगरपालिका वडा नं. ५ बिनामारेका ५७ वर्षिय मिठे परियार विगत एक महिनादेखि मृगौलाको क्यान्सर रोगवाट पिडित बन्नु भएको छ ।

न्यून आर्थिक अवस्थाका परियार अहिले उपचारका लागि शहिद विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत रहनु भएको छ । उहाँलाई मृगौलाको क्यान्सर र प्यारालाईसिस समेत भएकाले लामो समय अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्था रहेकाले परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।

रोगका कारण हिडडुल गर्न र दैनिक कामकाज समेत गर्न नसक्ने भएपछि झनै आर्थिक संकट परेको परिवारको भनाई रहेको छ । ६ वटा छोरीका बाबु समेत रहनु भएका उहाँको परिवारमा अहिले श्रीमान श्रीमती मात्रै रहेको र छोरीहरुको विहेवारी भैसकेको बताइएको छ ।

आर्थिक अभावका कारण दैनिक उपचारमा समस्या परिरहेको अस्पतालको शैयामा रहेका परियारले रुदै गुनासो गर्नुभयो । चिकित्सकहरुले दुवै रोगको उपचारका लागि करिब २० लाख रुपैया लाग्ने जनाएपछि अहिले उहाँकी श्रीमती रुपा परियारले आर्थिक सहयोगको अपिल गर्नु भएको छ ।

उहाँले विभिन्न सहयोगी निकायहरुसँग उपचारका लागि आवश्यक सहयोग गरिदिन पनि आग्रह गर्नुभयो । उहाँलाई सहयोग गर्न चाहानेहरुले मोवाई नम्वर ९८०५११७८२८ र ९८०५१०६५७९ मा सम्पर्क गर्न सकिने बताइएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकमा अर्जुन परियारको नाममा रहेको खाता नम्वर ३४०० ०१३३३५१० मा जम्मा गरिदिई जीवन रक्षा गरिदिनुहुन परिवारले आग्रह गरेको छ ।