भकुण्डेका विभिन्न विद्यालयमा स्विटर तथा टोपी बितरण

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, फाल्गुन ६ २០७६

बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेमा प्रावि तहमा अध्यनरत बिद्यार्थीहरुलाई स्विटर र टोपी बितरण गरिएको छ ।

आर्थिक बर्ष २०७६\०७७ को समावेसी कार्यक्रम अन्तरगत बानपा १० भकुण्डे स्थित बिभिन्न बिद्यालयमा अध्यन गर्ने कक्षा १ देखि ५ सम्मका २ सय जना बिद्यार्थीलाई स्विटर र टोपी बितरण गरिएको हो ।

बानपा १० भकुण्डेका वडा अध्यक्ष प्रेम थापा र कार्यपालिका सदस्य सीता थापाले प्रत्येक बिद्यालयमा उपस्थित भै करिव १ लाख बरावरको सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

भैरव माविका ४५ जना, चौतारेडाँडा माविका २९ जना, शिवालय आधारभुत बिद्यालयका २७ जना, ढाँडखर्क प्राविका ६५ जना,बराह प्राविका १९ जना र सरस्वती प्राविका ७ जना बिद्यार्थीलाई सामाग्री हस्तान्तरण गरिएको कार्यपालिका सदस्य सीता थापाले जानकारी दिनुभयो ।

सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष थापाले बिद्यार्थी संख्या न्युन हुदै गएको र बिद्यार्थीको रुची अँग्रेजी माध्यमप्रति आकर्षित हुदै गएकाले सामुदायिक बिद्यालयहरुले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले बिद्यालयमा आइपर्ने समस्यालाई समाधान गर्नका लागि वडाको तर्फवाट सक्दो प्रयास र सहयोग हुने बताउनुभयो ।