न्यु ओयसिसको २३ औ बार्षिकोत्सव

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, माघ १७ २០७६

बागलुङ नगरपालिका ४ उपल्लाचौर स्थित न्यु ओयसिस एकेडेमीको २३ औ बार्षिकोत्सव बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो ।
बिद्यालयको बार्षिकोत्सवको अवसरमा आयोजित बिभिन्न कार्यक्रमको पुरस्कार बितरण सहित मुल समारोहको आयोजना गरि २३ औ बार्षिकोत्सव सम्पन्न गरिएको हो ।
बार्षिकोत्सव मुल समारोहको उद्घाटन गर्दै जिल्ला शिक्षा बिकास तथा समन्व्य इकाई प्रमुख कुश्मराज उपाध्यायले शिक्षाको बिकास बिना समाज रुपान्तरण र बिकास सम्भव नभएकाले गुणस्तरीय शिक्षाका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बिद्यालयका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, नेकपा वडा नम्वर ४ का अध्यक्ष टिकाराम आचार्य, नेपाली काँग्रेस वडा नम्वर ४ का संयोजक हरिबहादुर जिसी, बागलुङ उद्योग बाणिज्य संघका महासविच नरेश कँडेल, पत्रकार ताराप्रसाद शर्मा, अभिभावक ललिता थापा, शिक्षक सुवास केसी, बिद्यार्थी अनोमल परियार, पुष्पा ढकाल र कुञ्जन रेग्मीले मंतव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा बिद्यालयले काठेखोला गाउँपालिका– ३ धम्जा निवासी मृगौला पिडित बिपिन आलेको उपाचारका लागि बिद्यार्थी तथा शिक्षकहरुले संकलन गरेको ३० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, प्रिन्सीपल नेत्रलाल न्यौपानेको स्वागत र समितिका कोषाध्यक्ष रामजी सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।