२१ औ बार्षिकोत्वस तथा अभिभावक दिवस सम्पन्न

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, माघ १६ २០७६

बागलुङ नगरपालिका १ रामरेखा स्थित रामरेखा आधारभुत बिद्यालयको २१ औ बार्षिकोत्वस तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
माघ १४ गतेदेखि संचातिल २१ औ बार्षिकोत्वस तथा अभिभावक दिवस मुल समारोहको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डण्डपानी शर्माले गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै शर्माले गुणस्तरीय शिक्षाका लागि सवैको सकरात्मक सोच र सहयोग हुन आवश्यक रहेको बताउनुभयो । बिद्यालयले गरेका सकरात्मक कदममा बागलुङ नगरपालिका सदैव संगै हुने उहाँको भनाई थियो ।
कार्यक्रममा समाजसेवी तथा धौलागिरी अञ्चल अस्पतालका अध्यक्ष केवि राना मगर, नगरकार्यपालिका सदस्य लक्ष्मी बोहरा, समाजसेवी तथा कलकार लक्ष्मण श्री, बिद्यार्थी अर्जुन सापकोटा र तनिसा रानाले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा बिद्यालयलाई सहयोग पु¥याउने अभिभावक, सहयोगदातालाई सम्मान गर्नुका साथै बिद्यार्थीहरुलाई शैक्षिक पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा डिआइआर डिसीले बिद्यालयका लागि २ सय ६० वटा पुस्तक हस्तान्तरण गरेको थियो भने कालिका भगवती गुठीले अक्षयकोषका लागि २५ हजार सहयोग गरेको थियो ।
बिद्यालयका प्रधानाध्यापक कविराज जिसीले बिद्यालयको बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्रबहादुर केसीको अध्यक्षता, शिक्षक रमाकान्त पौडेलको स्वागत र शिक्षक रेशम गोतामेको संचालनमा सम्पन्न भएको थियो ।
यसैबिच बागलुङ नगरिपालिका १३ पैयूपाटा स्थित बालप्रभा प्राविको ३३ औ बार्षिकोत्वस तथा अभिभावक दिवस बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल सरकारका उपसचिव डिल्लीराम रिजाल, बानपा १३ का वडा अध्यक्ष नारायण पौडेल लगाएतले मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक सागर रिजालले गर्नु भएको थियो ।