स्वास्थ्यको चौमासिक समिक्षा सम्पन्न

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, माघ ४ २០७६

स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रगती समिक्षा सम्पन्न गरेको छ ।
जिल्लाका सवै स्थानिय तहको स्वास्थ्य क्षेत्रमा पहिलो चौमासिकमा प्रगतीको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षको बारेमा जानकार पाउने उद्देश्यका साथ चौमासिक समिक्षा गरिएको हो ।
विगतका दिनहरुमा बार्षिक रुपमा मात्र हुँदै आएको समिक्षा यस वर्ष देखी चौमासिक रुपमा हुने कार्यालयले जनाएको छ । समिक्षामा स्वास्थ्य क्षेत्रमा भएको प्रगती र अगामी कार्ययोजनाका बारेमा छलफल गरिएको थियो ।
चालु वर्षमा भएका खोप, पोषण, सुरक्षित मातृत्व परिवार नियोजना, क्षयरोग कृष्ठरोग लागायतका कार्यक्रमको सुचकको बारेमा छलफल गरिएको छ । समिक्षामा चालु आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउनका लागि कार्ययोजना समेत निर्माण गरिएको छ ।
विगतका वर्षमा भएका समस्यालाई मध्यनजर गरी स्थानिय तहमा संचालन गर्नुपर्ने कार्यक्रमहरु कहिले र कसरी गर्ने सोका लागि कार्ययोजना निर्माण गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
कार्ययोजना मार्फत स्थानिय तहमा भएका समस्याहरु, क्रियाकलाप, जिम्मेवारी निकाय र समय सिमा समेत तोकिएको छ । विशेष गरी खोप, पोषण, सिवि आई एम एन सि आई, सुरक्षित मातृत्व, क्षयरोग, र रेकडिङ रिपोटिङमा आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा समेत छलफल गरिएको छ ।
स्वास्थ्य क्षेत्रका हरेक कार्यक्रम संचालनका लागि जिल्लाका १० वटै स्थानिय तहका संयोजकहरुले कार्ययोजना गराएर कार्यक्रम संचालन गर्ने र योजना बद्ध रुपमा सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाएका छन ।
जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारका निम्ती स्थानिय तहले गरेको गतिविधिमा स्वास्थ्य कार्यालयले सधै साथ दिन प्रतिवद्धता जनाएको कार्यालयका सुचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिनुभयो । ।
समिक्षामा स्वास्थ्य कार्यालयबाट सम्पादन हुने कार्यक्रमका बारेमा सवै सुपरभाईजरले जानकारी गराएका थिए । कार्यक्रममा जिल्लाका सवै स्थानिय तहका स्वास्थ्य संयोजकहरु र स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सभागिता रहेको थियो ।