९ जना बच्चामा कुपोषण भेटियो

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, पुष १५ २០७६

पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाकुरीका ९ जना बच्चामा कुपोषण भेटिएको छ ।
जिल्ला अस्पताल पर्वतको आयोजनमा संचालित शिविरमा ९१ जना पाँच वर्षमुनीका बच्चाको स्वास्थ्य परीक्षण गर्दा ९ जनामा कुपोषण भेटिएको हो ।
९ जना बच्चालाई तत्कालै पोषण गृहमा राख्नु पर्ने भेटिएको जिल्ला अस्पताल पर्बतका प्रमुख डाक्टर शिशिर देबकोटाले बताउनुभयो । पोषण स्वास्थ्य शिबिरमा बालबालिकाको तौल तथा उचाइ अनुगमन गर्नुका साथै पोषण स्वास्थ्य शिक्षा समेत दिइएको थियो ।
पोषणको आवश्यकता तथा महत्व, कुपोषण, कुपोषणका कारण लक्षण तथा रोकथाम, स्थानिय स्तरमा पाइने खाना र यसको पोषण महत्वका बिषयमा समेत जानकारी गराएको देबकोटाले जानकारी दिनुभयो ।
शिबिरमा भेटिएका तत्कालै पोषण गृहमा राख्नुपर्ने ९ जना बच्चाहरुलाई पर्वत अस्पतालमा निशुल्क पोषण गृहमा ल्याउन अस्पताले आग्रह गरेको छ । कुपोषित बच्चालाई अस्पताल ल्याउदा र फर्किदा लाग्ने यातायात खर्च अस्पतालले दिने गरेको छ ।
शिबिरमा निशुल्क औषधी उपचार पाउनुका साथै कुपोषित बालबालिकालाई पोषण पुनःस्थापना गृहमा थप उपचार तथा स्वास्थ्य सुधार निःशुल्क हुने कुराले अभिभावक समेत खुशी भएका थिए ।