मृगौला पिडित थापालाई सहयोग हस्तातरण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, पुष १३ २០७६

बागलुुङको काठेखोला गाउँपालिका ४ तग्रामका मृगौला पिडित तुुलबहादुुर थापालाई सहयोग रकम हस्तारण गरिएको छ ।
४१ वर्षिय तुुलबहादुुर थापालाई वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली तथा तग्रामबाट संकलन भएको ३ लाख ५५ हजार ३१ रुपैया सहयोग हस्तान्तण गरिएको हो ।
थापालाई मगर समाज वेल्जियबाट ६२ हजार ५ सय ४८, तंग्राम समाज युुकेबाट १ लाख, पोरचुुगलबाट १ लाख १४ हजार ५सय २९, कोरियाबाट ३७ हजार ९ सय ५४ र तंग्रामबाट ५ गरी संकलन भएको ३ लाख ५५ हजार ३१ रुपैयाँ सहयोग रकम प्राप्त भएको थियो ।
थापाको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या हुुने भएकाले सहयोग संकलन कार्य अझै कायम रहेको स्थानीय विष्णुु आलेले जानकारी दिनुभयो ।