काठेखोला ईकाईमा अनुुस पुुन मगर चयन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, पुष २ २០७६

नेपाल मगर विद्यार्थी संघ काठेखोला इकाई समितिको अध्यक्षमा अनुुस पुुन मगर चयन हुुनुुभएको छ ।
काठेखोला गाउँपालिकामा रहेका मगर विद्यार्थीहरुको भेलाले अनुुस पुुन मगरको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा पवित्रा पुुन मगर, सचिवमा विपना श्रीस मगर सहसचिवमा सुर्य थापा मगर र कोषाध्यक्षमा सुुदिप बुुढाथोकी मगरलाई चयन गरिएको नेपाल मगर विद्यार्थी संघ बागलुुङका जिल्ला सदस्य विष्णुु थापा मगरले जानकारी दिनुुभएको छ ।
कार्यक्रममा बोल्दै नेपाल मगर विद्यार्थी संघका पुुर्व धौलागिरी अञ्चल अध्यक्ष विष्णुु आले मगरले हरेक स्थानिय तहमा छरिएर रहेका विद्यार्थीहरुलाई संगठनले एकिकृत गरि अगाडी बढ्नमा सहज भएर जाने बताउनुुभएको छ ।
नेपाल मगर विद्यार्थी संघको प्रथम अधिवेशनलाई मध्यनजर गरि संगठन विस्तारलाई तिव्रता दिदै आएको र अधिवेशन पुुस ४ र ५ गते बागलुुङमा सञ्चालन हुुने बताइएको छ ।