बागलुङ नगरमा मगर विद्यार्थी संघ गठन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, मंसिर २५ २០७६

नेपाल मगर विद्यार्थी संघ बागलुङले स्थानीय तहमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।
संघले मंगलबार बागलुङ नगरपालिकामा मनरुपा थापा मगरको अध्यक्षतामा १५ सदस्यीय नगर समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा सुमन थापा मगर, सचिवमा मेलिना थापा मगर, सह–सचिवमा यम थापा मगर, कोषाध्यक्षमा खिरमाया पुलिसा मगर र अन्य सदस्यहरु रहेका छन् । समितिले ४ जनालाई मनोनित गर्ने बताइएको छ ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सचिव तथा ४ नम्बर प्रदेशका इन्चार्ज मनबहादुर थापा (मनिष)ले मगर जातिहरुलाई अन्य जातिहरुले भ¥याङ बनाएर राज्य सत्तामा पुगेको बताउँदै मगरहरुको जीवनशैलीमा अझै परिवर्तन आउन नसकेको बताउनुभयो ।