दारी ग्याङले शुक्रबार निःशुल्क रक्त परीक्षण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, मंसिर १४ २០७६

बागलुङमा क्रियाशिल दारी ग्याङले शुक्रबार निःशुल्क रक्त परिक्षण गरेको छ ।
‘गालामा दारी, काँधमा जिम्मेवारी’ भन्ने नाराका साथ सामाजिक सेवामा क्रियाशिल दारी ग्याङको समुहले आपतकालिन अवस्थामा रगत प्रयोग गर्न मिल्ने गरी रक्त परिक्षण गरेको जनाएको छ ।
शुक्रबार धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा आयोजना गरिएको कार्यक्रममा १ सय ८० जनाले रक्त परिक्षण गरेका छन् । शुक्रबार नै सबैजनाको नाम र ब्लड ग्रुप सहितको नामावली नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखालाई उपलब्ध गराइएको समुहका राजु शर्माले बताउनुभयो ।
धौलागिरी अञ्चल अस्पतालका सिएमए सबिना खत्री, दिपा परियार, ल्याब टेक्निसियन सत्कार पौडेल, भरत रिजाल लगाएतको टोलीले रक्त परिक्षण गरेको टोलीका सदस्य सागर सापकोटाले बताउनुभयो । धौलागिरी बहुमुखी क्याम्पस, धौलागिरी अञ्चल अस्पताल, नेपाल रेडक्रस सोसाईटी, स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।