बागलुङमा पशु नश्ल सुधार कार्यक्रम प्रभावकारी बन्दै

निशा अधिकारी, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, कार्तिक ८ २០७६

बागलुङमा पशु नश्ल सुधार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाको गाउँं गाउँंमा कृतीम गर्भधान सेवा विस्तार गरेसंगै किसान आकर्षित हँुदै गएका छन् ।
पछिल्लो समय व्यावसायीक पशुपालनमा किसान आकर्षित भएसंँंगै नश्ल सुधारमा समेत वृद्धी भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका बरिष्ठ पशुविकास अधिकृत शम्भुराज पाण्डेले जानकारी दिनुभयो ।
गाउँमा व्याडका लागि रागाँ, गोरु र बोका पाउन मुस्कील भएपछि पछिल्लो समय किसान कृितम गर्भाधानप्रति आकर्षित भएका हुन् । उहाँका अनुसार ‘कृतिम गर्भधानबाट जन्मेका बच्चालाई रोग नलाग्ने, गर्भ नतुहिने, जन्मेको बच्चा मर्ने संभावना कम हुने र बढी दुधालु हुने भएसँंंगै किसान आकर्षित हँुंदै गएका हुन ।
कार्यालय प्रमुख पाण्डेका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा २ हजार ८ सय ४५ गाई र भैसीमा कृतीम गर्भधान सेवा दिएकोमा आर्थिक वर्ष ०७४÷०७५ मा बढेर ३ हजार २ सय ३० पशुमा कृतिम गर्भधान सेवा दिएको थियो । कृतिम गर्भधारण तर्फ आकिर्षत कृषकको संख्या वृद्धि हुँदा गत आर्थिक वर्षमा २ हजार १ सय ४५ गाई र एक हजार ५ सय १२ भैसीमा कृतिम गर्भधारण सेवा प्रवाह भएको थियो ।
जिल्लाको बागलुङ नगरपालिकामा ४, जैमिनी नगरपालिकामा २, गल्कोट नगरपालिकामा १, ढोरपाटन नगरपालिकामा १, बडिगाड गाउँपालिमा २ र काठेखोला गाउँपालिकाको २ गरी १२ केन्द्रबाट पशुहरुमा कृतिम गर्भधारण सेवा संचालन भैरहेको छ ।
नश्ल सुधार कार्यक्रमको लागि १० जना सरकारी स्रोत र तीन जना निजी स्रोतका प्राविधिक खटिएका छन् । सम्बन्धीत सेवा केन्द्रमा नश्न सुधारको लागि गाईभैसी लिएमा २५ रुपैयाँ राजश्व लिने र सेवाग्राहीको घरमै सेवा प्रवाह गरेको खण्डमा उचित पारीश्रमिक उपलब्ध गराउनु पर्ने बताइएको छ ।