निशुल्क आँखा शिविर शुरु

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक ३ २០७६

बागलुङको अमृत आर्दश बोडिङ स्कुलमा १६ बर्ष मुनिका बालबालिकाहरुका लागि निशुल्क आँखा शिविर सुरु भएको छ ।
प्रोफेसनल सपोट सर्भिस नेपालको आयोजना, रोटरी क्लव अफ बागलुङ, रोट्रयाक्ट क्लव र इन्ट्रयाक्टको व्यवस्थापनमा २ दिने आँखा शिविर शुरु भएको हो ।
शिविरको पहिलो दिन २ सय ५० जना बालबालिकाको आँखाको जाँच गरि औषधी तथा चस्मा बितरण गरिएको र जटिल प्रकारका बिरामीलाई निशुल्क उपचारका लागि काठमाण्डौमा व्यवस्था गरिने शिविरका संयोजक निलेश राजभण्डारीले जानकारी दिनुभयो ।
दुई दिने शिविरमा ४ सय जनाको आँखाको जाँच गर्ने उद्देश्य रहेपनि बालबालिकाको चाप बढेको र ५ सयसम्मको जाँच गरिने उहाँले बताउनुभयो । शिविरमा जापानिज स्वास्थ्यकर्मी लगाएत नेपाली स्वास्थ्यकर्मीले आँखाको उपचार गर्नू भएको छ ।
शिविरमा डाक्टर सविना श्रेष्ठ, दिक्षा शर्मा, असेस राई, राजेश शर्मा, अपराजिता महर्जन र गोपाल थापाको टोलीले आँखाको उपचार गरेको राजभण्डारीले जानकारी दिनुभयो । शिविर आइतवार पनि संचालन हुने बताइएको छ ।