पाठेघरको क्यान्सर सम्बन्धी अभिमुखिकरण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, कार्तिक ३ २០७६

धौलागिरि अञ्चल अस्पताल बागलुङले पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने अभिमुखिकरण गरेको छ ।
चाइनिजि युर्निभरसिटी हङकङको सहयोगमा अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई पाठेघरको मुखको क्यान्सरका बारेमा अभिमुखिकरण गरिएको अञ्चल अस्पतालले जनाएको छ ।
कार्यक्रममा चाइनिज युनिर्भसिटि अफ हङकङका प्रोफेसर वीनी सोले पाठेघरको मुखको क्यान्सर निम्ताउने कारण र रोकथामा विषयमा प्रशिक्षण गर्नुभएको थियो । उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सर जटिल बन्दै गएको भन्दै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
प्रशिक्षण पूर्व आयोजना गरिएको औपचारिक कार्यक्रमको ब्यानर पढेर गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले गर्नुभएको थियो । उहाँले अञ्चल अस्पतालको इतिहास लामो भएपनि सेवा हाल सुधार भएको बताउनुभयो ।
कार्यक्रम धौलागिरी अंचल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरको अध्यक्षता, निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सुप्रिया पौडेलको स्वागत तथा अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।