अक्षयकोषको प्रथम अधिवेशन सम्पन्न

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, कार्तिक १ २០७६

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले रामप्रसाद सुवेदीको अध्यक्षतामा १९ सदस्यीय अक्षयकोषको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
अक्षयकोषको उपाध्यक्षमा नरबहादुर विक, सचिवमा शिव बानियाँ, कोषाध्यक्षमा गजेन्द्र श्रेष्ठ, सहसचिवमा श्यामप्रसाद श्रेष्ठ, महिला सहसचिवमा यामकुमारी पाईजा पुन र सहकोषाध्यक्षमा यामकुमारी श्रेष्ठ चयन भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा लक्ष्मण बानियाँ, देवीदत्त पौडेल, कमलप्रसाद पौडेल, बलराम बानियाँ, कृष्णबहादुर बानियाँ, खड्गप्रसाद श्रेष्ठ, रिता दर्जी, भगवती पौडेल, वेदनाथ सुवेदी, तेजप्रकाश बानियाँ, सन्तोष सुवेदी र बबी केसी रहनुभएको छ ।
गाउँमै कक्षा ११ र १२ सञ्चालन गर्ने उद्देश्यका साथ स्थापना गरिएको अक्षयकोषमा ६ महिनाको अवधिमा हालसम्म ८८ जना व्यक्तिहरुद्वारा ३६ लाख रुपैयाँ रकम जम्मा भैसकेको विद्यालयले जनाएको छ ।