छोरालाई बचाइदिन गायक जीवन शर्माको अनुरोध

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, असोज ३០ २០७६

जनताको गीत गाएर करोडौको मन जितेका जनगायक जीवन शर्माले अस्पतालमा छट्पटाइरहेका आफ्नो छोरालाई बचाइदिन अनुरोध गर्नु भएको छ ।

बागलुङको जैमिनी नगरपालिका १० राङ्खानी निवासी शर्माको माईलो छोरा अमृत शर्मा आचार्यको दशैंको दिन घाटीमा मासु अड्किएर अप्रेसन गरेसंगै झन् जटिल अबस्थामा सिर्जना भएकाले छोराको स्वास्थ्य उपचारमा सहयोग गरिदिन गायक शर्माले सवैलाई अनुरोध गर्नुभएको हो ।

फेरी अर्को ठुलो अपरेसन गर्नु पर्ने र ४० लाख भन्दा बढी खर्च हुने देखिएपछि यो बेला जीवन शर्मालाई थप पिडा थपिएको छ । १० लाख भन्दा बढी खर्च भैसकेको र सबै ऋण काढेर ल्याएका जीवन शर्मालाई अब थप आपतकालिन अवस्था आएको छ ।

आफुसंग भएको सबै रकम सकिएको, ऋण पनि धेरैसंग लिसकेको र सहयोग माग्न पनि अप्ठ्यारो लगिरहेको शर्माले बताउनुभयो । अब यो पटक सबैले सहयोग गर्ने बेला आएको बताइएको छ । जसको लागि सिधा सम्पर्क कमल सरगमको मोवाइल नम्वर ९८५१२२४९७० मा सम्पर्क गर्न शर्माले जिल्लावासी लगाएत सवैलाई आग्रह गर्नुभयो ।