बुर्तिवाङबाट गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, असोज २४ २០७६

गण्डकी प्रदेश सरकारले अत्याधिक रक्तश्रावको अवस्थामा रहेकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरेको छ ।
प्रदेशको सामाजिक विकाश मन्त्रालयको पहलमा बागलुङको बुर्तिवाङबाट गर्भवती महिलाको उद्धार गरिएको हो । ढोरपाटन नगरपालिका वडा नं ६ की ३५ बर्षिय धन कुमारी बुढाको उद्धार गरिएको हो ।
गर्भवती अवस्थामा रक्तश्राव भएपछि बुढाको उद्धार गरिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो । महिलाको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचार भईरहेको छ । गण्डकी प्रदेशले दुर्गम क्षेत्रका महिलाहरुलाई त्यहाँको अस्पतालमा सुत्केरी हुन समस्या भए हेलि एम्वुलेन्सको निशुल्क सेवाबाट अस्पताल ल्याउने गरेको छ ।