सामाजिक चुुनौतीको रुपमा देखा परेको छः सांसद सापकोटा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, असोज ५ २០७६

गण्डकी प्रदेस सांसद इन्द्रलाल सापकोटाले वातावरणीय सरसफाई सामाजिक चुुनौतीको रुपमा देखा परेको बताउनुभएको छ ।
कालिगण्डकी आवसिय मावि युुवा रेडक्रश सर्कल तथा इ’को क्लवको आयोजना र कुुमारी बैक बागलुुङ शाखाको सहयोगमा आयोजित सरसफाई साम्रागी वितरण कार्यक्रममा बोल्दै सापकोटाले वातावरण सरसफाईलाई सामान्य रुपमा लिदा मानव स्वास्थ्यमा नकरात्मक असर पुु¥याउने बताउनुुभयो ।
वतावरणीय सरसफाईले समाजमा बस्ने व्यक्तिको आचारण निर्धारण गर्ने भएकोले आफ्नो घर वरीपरीको वतावरण सफा र सुुन्दर राख्न सबै जिम्मेवार बन्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बागलुुङ नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष लक्ष्मी वास्कोटा, कुमारी बैक बागलुङ शाखाका सहायक प्रवन्धक श्रीजय श्रेष्ठ, शिक्षा सेवी टिकाराम सापकोटा, नेत्र ज्योती संघ बागलुङका सभापती भरत पुरी ,धौलागिरी अञ्चल अस्पतालका मेडिकल अधिकृत डाक्टर प्रनिता राजभण्डारी ,नेपाल रेडक्रश सोसाईटी बागलुङका कार्यवहाक सभापती राजेन्द्र आचार्य,उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठ,सिनेमा रोड टोल विकास सस्थाका अध्यक्ष इश्वर वज्राचार्य लगाएतले बोल्नुुभएको थियो ।
कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको भन्दै धौलागिरी टेलिभिजनका सम्पादक तथा माउण्टेन टेलिभिजनका जिल्ला सम्वाददाता सुवास आचार्यलाई सम्मान गरिएको थियो ।
कार्यत्रम विद्यालयका प्रिन्सीपल निरञ्जनलाल राजभण्डारीको अध्यक्षता, कार्यक्रम संयोजक जिवनाथ शर्माले स्वागत र भाईस पिन्सीपल सुुरेन्द्र शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
सो अवसरमा कुुमारी वैक बागलुङ शाखाको सौजन्यमा सिनेमारोड तथा वुद्धचोकका ८० घरधुुरी टोलको सरसफाईमा सहयोग गर्न ८ थान वाल्टी वितरण गरिएको थियो ।
कार्यक्रम सञ्चालन पुुर्व गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा, विद्यालयका शिक्षक ,विद्यार्थी लगायत सामाजिक क्षेत्रका व्यक्ति र स्थानियवासीहरुको सहभागी टोलीले सिनेमारोड तथा वुुद्धचोक क्षेत्रको सडकको फोहोर सरसफाई गरी व्यवस्थापन गरिएको थियो ।