विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, भाद्र ३០ २០७६

नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागलुङले आइतबार देउराली प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
बानपा– ४ स्थित सो विद्यालयमा बालदिवसको अवसरमा कापी, कलम लगायतका सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा अनेरास्ववियु बागलुङका अध्यक्ष शेखर खड्का, अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य जीवन शर्मा, अनेरास्ववियु बागलुङका सचिब शिव शर्मा, अनेरास्ववियु धवलागिरी क्याम्पसका विद्यार्थी नेता रोशन कुवर , अनिल शर्मा , प्रकाश कार्कीले शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो ।