डेंगुबारे सचेतना मुलक कार्यक्रम

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, भाद्र २१ २០७६

निजामती सेवा दिवस मुल समारोह समितिको आयोजनामा शुक्रबार बागलुङ बजारका विभिन्न टोलहरुमा डेंगुरोग सम्वन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ ।
स्वास्थ्य कार्यालयको संयोजन, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सहसंयोजन, बागलुङ नगरपालिका, साझेदारी प्रहरी सेवा, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म बागलुङ, विभिन्न संघसंस्थाहरु, निजामती सेवा निवृत्त कर्मचारी बागलुङको सहभागीता सचेतना मुलक कार्यक्रम गरिएको हो ।
स्वास्थ्य कार्यालयबाट सुरु भएको ¥यालीले बजारको विभिन्न क्षेत्रमा पुगेर पानी जमेको ठाउँलाई पुर्ने, टायर हटाउने तथा हटाउन लगाउने, फोहोर मैला सरसफाईका साथै ठाउठाउँमा राखिएका पानी भरिएका ड्रमहरु समेत हटाउने काम भएको थियो ।
¥याली चिप्लेटी बसपार्क, बुद्धचोक, लालीगुँराश चोक, अस्पताल हुँदै समीक्षालय चोकमा पुगेपछी कोणसभामा परिणत भएको थियो ।
कोणसभा निजामती कर्मचारी सेवा दिवस मुल समारोहका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कोण सभामा प्रमुख अतिथी बानपाका नगरप्रमुख जनकराज पौडेलले डेंगुरोग विरुद्धा नगपालिकाका सबै वडाहरुमा सचेतना कार्यक्रम सन्चालन गरिने जानकारी दिनुभयो । सो अवसरमा धौलागिरी अस्पतालका स्वास्थ्य अधिकृत रामप्रसाद खनालले डेंगु रोग सम्वन्धमा जानकारी प्रस्तुत गरेका थिए ।
यसैबीच, बागलुङमा डेंगुको प्रकोप देखिन थाले पछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मि र चिकित्सकहरु सँग अन्तरक्रिया गरेको छ ।
शुक्रबार स्वास्थ्य कार्यालय बागलुङ धौलागिरी अञ्लल अस्पताल संचालन समिति र स्वास्थ्यकर्मि विच डेंगुरोगको विषयमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा डेंगु रोगका लक्षण यसबाट हुने खतरा र यसबाट जोगिने उपायका बारेमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका परिवार नियोजन सुपरभाईजर अधिकृत सन्तोष पौडेल र नर्सिङ अधिकृत कमला रानाले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन्ट डा. प्रणिता राजभण्डारी डेंगुरोगको प्रकोप बढदै गएको हुँदा यसबाट सवै सचेत हुन आग्रह गर्नुभएका थियो ।
कार्यक्रम धौलागिरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगरको अध्यक्षता स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो । डेंगुको लक्षण देखिनासाथ चिकित्सकलाई देखाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
उहाँका अनुसार घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफला राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिने चिकित्सकको भनाई छ ।